मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने

मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने

काठमाडौं । मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरेसँगै मोबाइलबाट प्राप्त हुने जुनसुकै सेवा आधा सस्तो पर्ने भएको हो ।

त्यस्तै, मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा उपलब्ध गराउनुपर्ने निर्णय पनि आजको बैठकले गरेको छ । साथै सो क्रेडिट सेवाबापत कुनै पनि शुल्क लिन पाइने छैन । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सञ्चालक समितिको निर्णयअनुसार सबै टेलिकम कम्पनीलाई बोनस दिन र क्रेडिट सेवा उपलब्ध गराउन निर्देशन दिइसकेको भन्दै टेलिकम कम्पनीहरुले भोलिदेखि नै उक्त निर्देशन लागू गर्नुपर्ने बताए ।

यो निर्णय एक महिनाका लागि लागू हुने समेत प्रवक्ता अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्