सप्तरीमा लकडाउनक नमानेपछि नेपाली सेना परिचालन

सप्तरीमा लकडाउनक नमानेपछि नेपाली सेना परिचालन

लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानीयले उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परिचालन गरिएको हो ।  प्रहरीलाई नियन्त्रण गर्न समस्या देखिएपछि सेना परिचालन गरिएको सूचना अधिकारी आनन्द ठाकुरले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको हो’ उनले भने ।

सप्तरीका अधिकांश बजार खोलिएको छ भने सडकमा सवारीसाधन पनि चलिरहेको छ । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने नेपाली सेनाका सहायक रथी प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
बुधबार बिहानदेखि स्थानीय प्रशासनले प्रमुख बजारमा माइकिङ समेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।  सेना सडकमा ओर्लेपछि लकडाउनको पूर्णपालना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्