रंगेलीमा लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

रंगेलीमा लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल

रंगेली चैत्र १२

नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो ।

रंगेलीकाे मुख्य चाेक नजिकैमा रहेको ट्राफिक चेक पाेष्टले लकडाउनकाे अवज्ञा गरेको भन्दै २५ बटा माेटरसाईकल नियन्त्रणमा लिइएको हाे । उक्त माेटरसाईकल बेलुकी ६ बजे मात्रै फिर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्