कोरोनाले विश्वलाइ सिकाएको पाठ… – सन्तोष आचार्य

कोरोनाले विश्वलाइ सिकाएको पाठ… – सन्तोष आचार्य

" संसार २१ औं शताब्दीलाई चरम बिकाश र प्रबिधिको गुणात्मक फड्को मारेको भनेर आफुलाई परिभाषित गरिरहेको बेला एक नोबल ( नयाँ) भाइरस ले विश्वलाई दिवा स्वप्नबाट ब्युझाइ दिएको छ ।

अरुको के कुरा गर्नु आफुलाई विकसीत र शक्तिशाली भनि कहलिएको राष्ट्रिय पनि आज झुक्नु परेको छ । भौतिक स्रोत ,साधन र परमाणु हतियार र नया आणविक अत्याधुनिक हतियार‌‌ र शैन्य शक्ति तर्फ उत्खनन ,अन्बेषण र विकाशका लागि मात्र समय खर्चको‌ बिश्वका लागि भौतिक बिकास भन्दा जैबिक विनासले संसारलाइ नै एक दिन ठुलो चुनौती दिन सक्ने भन्ने कुरा यस कोरोना नामक भाइरसले झक्झकाइ दिएको छ ।

खै त ! जैविक ‌बिपत्ति आइ पर्दा त्यसको निराकरण कसरी गर्ने भन्ने बिश्वका अन्वेषण तथा साइनटिसहरुको ध्यान गएको । आज ३ महिना भन्दा बढी कोरानाले विश्व हल्लाइरहदा खै त कुन चाहिं प्रविधिले पत्ता लगाउन सकेको ‌? यहाँसम्म हामीलाइ बिरामीको प्रकृति, तथा रोगबारे सम्पुर्ण जानकारी छ , त्यैपनि संसार केबल मुखदर्शक...

हामी नेपालीको कुरा छाडौ, हेलिकप्टरबाट दबाइ छिट्नेको सामाजिक सन्जालमा सेयर गरिरहेको छौ । अरे बाबा, गर्मि मौसममा मच्डछको दबाइ छिट्न गाडिमा त सबै ठाँउ पुर्याउन स्रोतको अभाब छ, हेलिकप्टर कस्तो बिश्वास गरेको ।‌ त्यो नि, आफुलाई पढेलेखेका,स्मार्टफोन चलाउने अनि सुकिला मुकिला भनौदा हामी फेसबुकेहरु... जस्ले जे पठायो त्यो यथार्थमा विश्बशिनिय हो कि नाइ,नबुझि हावामा म्यासेज फरवार्ड गर्ने .., ख्याल गरौ । नेपालको बिद्युतिय ऐन २०६३/ साइबर क्राइममा, अपराध ठहरिए, ५० लाखदेखि १‌ करोडसम्म जरिवाना र १५‌वर्षसम्म जेलको व्यवस्था छ।

हाम्रो समाजलाइ ' कोरोनाले ' भन्दा पनि मानसिक चिन्ताले पो लान्छ भन्ने लागिरहेको छ ।‌ मोबाइलमा फोन बज्दा‌‌देखि, फेसबुकमा मन गडन्ते न्युजहरुले सामाजिक सन्जाल भरिएको छ ।‌ हुँदा-हुँदै प्राइभेट म्यासेजमा समेत यस्तो उस्तो भनेर तुक बिनाका खबरहरुले समाजमा आक्रान्त पारेको छ‌ । यस्ले अनावश्यक बिपि बढाउने गरेको छ, यस्को लेखा जोखा गरेका छौ हामीले,यदि त्यो भिडियो बालबालिका ‌बृद्द‌ समुहले हेर्दा उनीहरूको स्वास्थ्य र बाल मनोविज्ञान ‌र प्रवृत्ति मा कस्तो असर पर्न सक्छ भन्ने हेक्का हामीमा‌ छ कि छैन ??

भनिन्छ,' रोग लाग्नु भन्दा लाग्न नदिनु बेस' हामीमा दम्भ छ, मलाई कहा लाग्छ, अरुलाई पो सर्न सक्छ, हामी ‌नेपाली..
रोकथामका उपायहरु आफु, आफ्नो परिवारबाट सुरु गरौ ।‌ आफ्नो लापरबाही आफ्नो परिवार,समाज र राष्ट्रलाई बोझ नबोकाऔ,भबिष्यमा आइ पर्न सक्ने ठुलो चुनौती आझै सामना गरि कठिन परिस्थितिलाई सामन्य तुल्याइ समुन्नत राष्टको निमार्णमा गरौ । "

सन्तोष आचार्य
विराटनगर-३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्