जब उर्लाबारीमा मेयर आफै भाटा लिएर सडकमा निस्किए !

जब उर्लाबारीमा मेयर आफै भाटा लिएर सडकमा निस्किए !

उर्लाबारी, चैत्र १२,

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ ।

तर, अनावश्यक रुपमा हिँड्नेलाई भाटे कार्वाही गरिएको मेयर खड्ग फागोले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उर्लाबारी नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्दै अनावश्यक रुपमा नहिँड्न पटक पटक अनुरोध गर्दासमेत अटेरी गर्नेलाई भोटे कार्वाही गरिएको उहाँको भनाई छ ।

उहाँले लकडाउनको समयमा घर बाहिर ननिस्किन उर्लाबारीबासीलाई अनुरोध गर्नुभएको छ । प्रहरीले दुई दर्जन बढी मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको छ भने अनावश्यक हिँड्नेलाई समेत नियन्त्रण लिई सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्