तरकारी,दुध,पशुपंछी ढुवानी गर्न पाइने तर मान्छे बोक्न नपाइने

तरकारी,दुध,पशुपंछी ढुवानी गर्न पाइने तर मान्छे बोक्न नपाइने

काठमाडाैं, चैत्र १२ गते । सरकारले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंछी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु सुचारु गर्ने निर्णय समेत बैठकले गरेको छ । सामान ढुवानी गरी फर्केका त्यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्नभने पाउने छैनन् । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने निर्णय गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । बैठकपछि समन्वय समितिद्वारा जारी विज्ञप्तिअनुसार, औषधि उत्पादन, ग्याँस बोटलिङ गर्ने श्रमिकलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उद्योगले सवारी साधनको व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तुहरू ‘होम डेलिभरी’ गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्