कोरोना तयारी : धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु हुने

कोरोना तयारी : धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु हुने

विराटनगर चैत्र १३,

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ ।

शूक्रबारबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु हुने एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए ।

काठमाडौँबाट बुधवार कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र बिहीबार धरान आइपुग्ने भएकोले शुक्रवार देखि एक नम्बर प्रदेशका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोनाको परीक्षण सुरु हुने भएको हो  ।

प्रतिष्ठानमा परीक्षणका लागि प्रयोगशाला तयारी भइसकेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्