२८ चैत्र २०७६, शुक्रबार

लकडाउन : बालबालिकालाई संस्कार, व्यबहार र पहिचान सिकाउने मौका

यलु जोशि

काठमाडौं, चैत १३ गते । कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर दिक्क त हुनुहुन्न ?

यसलाई तपाईंले कसरी लिनु भएको यो समयलाई बालबालिकालाई ब्यबहारिक कुरा सिकाउने, उनीहरूसँग घुलमिल हुने महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्न विज्ञहरूको सुझाएका छन् ।

चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी भन्नुहुन्छ, यस्तो समयमा मोबाइल वा इन्टरनेटमा समय विताउनु बाध्यता हो । घरबाट बाहिर जान, साथीभाइसँग भेट्न नपाउने बेला यस्तो सामाजिक सञ्जाल, इन्टरनेटमा गेम खेल्नु स्वाभिक हो ।

उहाँले मोबाइल चलाउँदा पनि सुरक्षित तरिकाले चलाउँदा आफू र समाजलाई फाइदा हुनुको साथै स्वास्थ्यलाई पनि असर नपर्ने जानकारी दिनुभयो ।

अरुबेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ त्यो बेला गर्न नपाएका धेरै काम हुन्छ जुन अहिले हामीले गर्न सकिने प्रष्ट पार्दे थप्नुहुन्छ, मोबाइल चलाउनुपरेमा पनि आफू र बच्चालाई सँगै राखेर चलाउनुपर्छ जसले बालबालिकाले के हेरिरहेको छ अभिभावकलाई थाह हुन्छ ।

कुन सामाजिक सञ्जालबाट आफू र बालबालिकाले धेरै उपयोगी जानकारी पाउन सकिन्छ त्यसप्रकारको मात्र साइटहरु हेर्ने बानी बसाल्नुपर्ने धारणा रघुबंशीको छ ।

हामीले इन्टरनेटबाट सुविधा लिन सक्नुपर्छ त्यसलाई नशा बनाउन नहुने सुझाव दिदै उहाँले भन्नुभयो, मोवाइल चलाउने पनि समय निश्चित बनाउनुपर्छ । एक वा दुई घण्टा हेर्ने भन्ने समय निकाल्नुपर्छ भने मोवाइल वा ल्यापटप स्क्रिनको ब्राइन्टनेश कम गरेर हेर्नेु पर्छ । जसले गर्दा आखाँलाई आराम पनि हुन्छ ।

अभिभावक र बालबालिको सँगै बस्ने समय मिलेकोले बालकालिकालाई धेरै भन्दा धेरै कुरा सिकाउन सकिने पनि सुझाव उहाँको छ । रघुवंशी अनलाइन सुरक्षाको कुरा, के गर्न हुन्छ वा के गर्नुहुँदैन, इन्टरनेटको फाइदा बेफाइदाबारे जानकारी दिन सकिने सुझाउनु हुन्छ ।

यता पूर्वबाल्यावस्थाको विकास सम्वन्धमा विद्यावारिधि गर्नुभएकी प्रा. डा. निर्मला उप्रेतीले भन्नुहुन्छ, “यो मौका भनेको आमाबुवा र बालबालिका बीचको सम्वन्धलाई अझ बढी प्रगाढ बनाउने समय हो । जसलाई सदुप्रयोग गर्नुपर्छ ।
बालबालिकालाई दिनभरी मोवाइ, ल्यापटप दिनुको साटो उनीहरुलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने कुरा सिउनुपर्छ । समय विताउन मोवाइल नै चाहिन्छ भन्ने धारणा गतल भएको उहाँ बताउनुहुन्छ ।

आफ्नो घर छेउ सानो कोठामा घरभाडामा बस्ने सानो परिवारको उदाहरण दिँदै प्रा. डा. उप्रतीले भन्नुभयो, आमाबुवा छोरा मात्रको सानो परिवारमा मोबाइल पनि छैन । मैले चित्र कोर्ने किताब र एउटा बाजा दिएको थिए । त्यो परिवार त्यसैमा धेरै खुसी भएर दिनभरी रमायो । यो देख्दा खुसी आफुले खोज्ने हो जे कुरामा पनि पाउन सकिन्छ भन्ने बुझियो ।

बालबालिकालाई विगार्ने आमाबुवाले गर्दा नै हो उहाँले थप्नुभयो, मोबाइल, ट्याब दियो खुसी भयो आफू पनि समय पायो कि सामाजिक सञ्जालमा ब्यस्त हुने मोबाइलमा नै रमाउने ।

अभिभावक आफू पहिला सुध्रिनु पर्यो त्यसपछि बालबालिका आफै नै लाइनमा आउने प्रष्ट पार्नुभयो । एकान्त बास (लकडाउन)को समयमा घरको काम सिकाउनुको साथै बारी वा गमलामा फूलहरुको नाम सिकाउन सकिन्छ र कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने जानकारी दिनुभयो ।

प्रा.डा उप्रेतीले घरमा बस्दा बाहिरी मानिससँगको सम्बन्धलाई पूर्णरूपमा रोक्ने । साबुन पानीले हात धुने । अनुहारमा सकेसम्म नछुन प्रेरित गर्ने, कसैलाई अंगालो नहाल्ने, चुम्मा नखाने, एक अर्काको जुठो नखाने, आइसक्रिम खाँदै नखाने, चिसो पेय पदार्थ सकेसम्म नखाने आदि जस्ता ज्ञान दिनुपर्ने बताउनुभयो ।

बालबालिकालाई घरभित्र कसरी राख्ने

हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो परिवारिक अवस्था अनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजल, बल्क गेमजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनु पर्ने प्राडा उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै अभिभावकले उनीहरूसँगै खेल्ने रमाइला कुरा गर्ने, कथा सुनाउने, परिवारका अवस्था, गाउँघरका कुरा गरेर उनीहरूमा सामाजिक संस्कृतिक संस्कार र परिवेशका बारेमा जानकारी दिन सकिन्छ ।
यता रघुबंशीले पनि इन्टरनेट चलाइसकेपछि बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमता अनुसारका चित्र बनाउने, वाद्यवादन, संगीत सुन्ने, गाउने जस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न दिनुपर्ने सुझाव दिनुहुन्छ ।

उहाँले कम्पाउण्डभित्र खेल्न मिल्ने ब्याडमिन्टन, बास्केटबल, डोरी, चुंगी, गुच्चा, टेबुलटेनिस, विभिन्न शारीरिक व्यायम गर्दै रमाइलो साथ समय बिताउने विधि अपनाउन सकिन्छ पनि जानकारी दिनुभयो ।

अभिभावकको फुर्सदको समयमा बालबालिकाको साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।

दैनिक जीवनमा अभ्यस्त गराउन उनीहरूलाई जुत्तामा पालिस लगाउने, सटको टाँक लगाउने, जुत्ताका तुना बाँध्ने, तरकारी काट्ने, कोठा घर सफा राख्ने, कितावमा कभर हाल्ने जस्ता सामान्य तथा जीवनका लागि महत्वपूर्ण ज्ञान र सीप रमाइलो गर्दै सिकाइ उनीहरूलाई स्वावलम्बी बनाउने अवसरको रूपमा यसलाई उपयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744