सप्तरी क्वारेन्टाईनमा पाँच महिलासहित ९४ जना

सप्तरी क्वारेन्टाईनमा पाँच महिलासहित ९४ जना

देवराम प्रसाद यादव
सप्तरी चैत १३ गते ।

सप्तरीमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँस्थित विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या बिहीबार सम्ममा पाँचमहिला सहित ९४ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार यसरी राखिएका मध्ये अधिकांश कतार, मलेशिया र भारतको विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरु हुन् ।

भारत तथा अन्य मुलुकबाट रोजगारीका लागि गई घर फर्केकाहरुबाट संक्रमण पनि भित्रिन्छ कि भन्ने खतराका कारण त्यस्ता व्यक्तिहरुको खोज तलास गरी क्वाईरेन्टाईनमा राखिएको उहाँको भनाइ छ ।
अघिल्लो दिन ३१ जना रहेकोमा विदेशबाट फिर्ता आउनेको सूची पनि लामै भएकाले क्वाईरेन्टाईनमा आंशकितको संख्या बढेको उहाँको भनाइ छ । क्वाईरेन्टाईनमा राखिएका सबै सप्तरीका बासिन्दा हुन् ।

त्यस मध्ये अधिकांश विदेश गई फर्केका र केही आप्mनै गाउँठाउँमा अस्वस्थ रहेकाहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्