२८ चैत्र २०७६, शुक्रबार

प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले सो आफ्नो फेसबुक मार्फत सो कुराको जानकारी दिनु भएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई आजै डिस्चार्ज गरिने उहाँको उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत जानकारी गराउनु भएको छ ।

उहाँ स्वास्थ्य अवस्था अहिले समान्य रहेको बताइएको छ । उहाँको फागुन २१ गते पहिले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस पछि प्रधानमन्त्री कही दिन अघि मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-4-9

Country Confirmed Death
Nepal90
India6725226
China828833339
Malaysia422867
Qatar23766
Australia610851
US46143716478
Saudi Arabia328744