आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीको अनुमान

आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीको अनुमान

काठमाडौं । गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ । प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ ।

 

उसले जहाँ ठूलो आवाज आयो त्यो पिण्ड त्यही खसेको हुनसक्ने हुँदा त्यस्तो भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ ।उक्त चम्किलो वस्तु ठूलो आवाजका साथ गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान छ ।सोसाइटीका अनुसार उल्कापिण्ड खसेको ठाँउमा क्षति हुने र खसेको ठाउँमा ठूलो आवाज सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्