विराटनगर चैत्र १४ ,
विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाइरसलाई मध्य नजर गर्दै मोरङ्ग जिल्लाको जहदा गाउँपालिकाका मेयर कैलाश प्रसाद मण्डलले क्वारेन्टाइन कक्ष संचालनमा ल्याएका छन् ।
जहदा गाउँपालिका वार्ड न. ५,लक्ष्मिनिया बजारमा रहेको श्री दुर्गा मा.वि. १० बेड बाट संचालन गरेको हो । जहदा गाउँपालिका अध्यक्षको अगुवाइमा उक्त बेड सेट तयार भएको हो। जहदा स्वस्थ्य शाखा अधिकृत राजकुमार कुमार दास,मझारे स्वास्थ्य प्रमुख रिपु डोटेल,लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साह लगायत पुरै टिमले उक्त क्वारेन्टाइन बनाउन मदत गरेका थिए।