धनकुटाको महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीको तलब कोरोना राहत कोषमा

धनकुटाको महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीको तलब कोरोना राहत कोषमा

कोकिला भण्डारी
धनकुटा, चैत्र १४ गते । महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीहरुले मासिक रुपमा लिदै आएको चैत्र महिनाको सेवा सुविधा बापतको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् ।
विपदको सबै मिलेर सामना गरौँ आफु बाँचौ, अरुलाई बचाँऔ भन्ने नाराका साथमा महालक्ष्मी नगरपालिका जितपुर धनकुटाले विज्ञप्ति प्रकाशन गर्दै चैत्र महिनाको सेवा सुविधा बापतको रकम महालक्ष्मी नगपालिकाको विपद् कोषमा राख्ने निर्णय गरेको हो ।

हाल विश्वलाई नै आतकिंत बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा समेत देखिसकेको हुदामहालक्ष्मी नगरपालिकामा पनि यसको संक्रमण हुन सक्ने सम्भावना भएकाले नगरवासि संक्रमित भएमा उपचारका लागि आफुहरुले लिदै आएको मासिक रकम विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो विषम परिस्थितिलाई सामनागर्दै अगाडि बढ्नका लागि हाललाई यस महालक्ष्मी नगरपालिका प्रमुख, उपप्रमुख, सम्पुर्ण वडाका अध्यक्ष र कार्यापालिका सदस्यहरुले आफुहरुले विगतका महिनाहरुमा पाउदै आएको सेवा सुविधा यस चैत्र महिनामाभने विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको महालक्ष्मीनगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिनुभयो ।

हालसिङ्गो देश पुर्ण लकडाउनको अवस्थामा रहेकाले नगरपालिका अत्यन्तै चिन्तित र गम्भिर हुदै यो गम्भिर परिस्थितिमा नगरबासीहरुको स्वास्थ्य सुरक्षातथाअन्य सवालमा नगरपालिका अहोरात्र लागिरहने प्रतिवद्दता जनाउदै नेपाल सरकारले तोकेको नियम र निर्देशनपालनागरिघरमै बसी यो महामारी विरुद्दको लडाँइमा सामेलभई सचेत नगरवासीको पहिचानदिनुहुननगरपालिकाले अनुरोध गरेको छ

यो विपद्को अवस्थामाभौगोलिक रुपले जटिल नगरपालिकामाहुन सक्ने जोखिमचुनौती र अभावतथागरिब, मजदुर बर्ग एवंमनगरवासिहरुमा पर्न गएको असुविधाप्रतिक्षमायाचनागर्दै विज्ञप्ति सहितमासिक रकमविपद् कोषमाजम्मागर्ने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्