विरामीको स्वाब नमुना लिन गएको विमान नेपालगन्जमा चिप्लिएर दुर्घटना, सबै सकुशल

विरामीको स्वाब नमुना लिन गएको विमान नेपालगन्जमा चिप्लिएर दुर्घटना, सबै सकुशल

सिराज खान ।
नेपालगञ्ज, चैत १५ गते । नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज एरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ ।

आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला चिप्लिएर एअरपार्टको रनवे भन्दा बाहिर करिब ८० मिटर टाढा गएको प्रहरीले जनाएको छ । विमान रनवे बाट चिप्लिएर विमानस्थलको झाडीमा गएर अडिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार प्लेन रनवे भन्दा बाहिर गएको जानकारी आएको छ । विमानमा रहेका दुई जना चिकित्सकसहित पाँच जना सकुशल रहेको पनि जानकारी आएको उहाँले बताउनु भयो ।
दुर्घटना लगत्तै प्रहरी ठुलो संख्यामा विमानस्थलमा पुगेको र जहाजमा रहेका चालकदल र यात्रुको उद्धार गरिएको पनि एसपी ओलीले बताउनु भयो ।

बिस्तृत जानकारी अझै आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्