आजैदेखि धरानमा पनि कोरोना भाइरसको परिक्षण सुरु हुनेे

आजैदेखि धरानमा पनि कोरोना भाइरसको परिक्षण सुरु हुनेे

काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्न् ।

उनका अनुसार शनिबार ८७५ जनाको परीक्षण भएको र ३२ को परीक्षण भइरहेकाले आजैबाट परीक्षण संख्या ९ सय क्रस हुने बताए । त्यस्तै १११५ र ११३३ गरी निशुल्क कल सेन्टर पनि  सञ्चालनमा ल्याएको बताए । प्रवक्ता देवकोटाले संक्रमितको संख्या बढेसँगै सरकारले कोरोना परीक्षणको दायरा बढाउदै चाडै हेटौडा, पोखरा र नेपालगञ्जमा पनि परीक्षणका लागि तयारी भइरहेको बताए ।

प्रवक्ता देवकोटाले स्वास्थ्य सामाग्री लिन शनिबारै नेपाली टोली चीन गएको र राति सम्म उक्त सामग्री नेपाल आउने र भोलिबाटै वितरण गरिने पनि जानकारी गराएका छन् । शनिबार मात्रै थप एक जना कोरोना संक्रमित युवती भेटिएकी छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

तीमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयले घरभित्रै बसेर यो रोगको च्यानल ब्रेक गर्न सकिने भन्दै सवैलाई सर्तह रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्