लकडाउन : विराटनगरमा इन्धन र ग्यासको अभाव हुन नदिन यस्तो छ तयारी

<span class='c1'>लकडाउन : विराटनगरमा इन्धन र ग्यासको</span> <span class='c2'>अभाव हुन नदिन यस्तो छ तयारी</span>

विराटनगर । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले  चिन्ता नगर्न आग्रह गरेका छन्।

अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिए । “लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ”, प्रमुख साहले बताए  ।

बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ ।

लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७.१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७.१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताए  । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्