इलामका स्थानीय त्रसित : बाहिरबाट आउनेका कारण गाउँमा कोरोनाको त्रास बढ्यो

इलामका स्थानीय त्रसित : बाहिरबाट आउनेका कारण गाउँमा कोरोनाको त्रास बढ्यो

प्रेमअधिकारी

पशुपतिनगर (इलाम), चैत १६ गते । इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको  हिँडडुल बढेपछि स्थानीय भने त्रासमा छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरू अहिले घरमा फर्किएका स्थानीयले बत(ाएका छन् ।

नेपाल र भारत दुवैतिर ‘लकडाउन’ भएपछि उनीहरु खुल्ला सीमानाकाको फाइदा उठाउँदै इलाम जिल्लाका विभिन्न गाउँपालिकामा प्रवेश गरेका हुन् ।  यसरी भारतका विभिन्न ठाउँबाट आएका उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । गाउँ आएका यी मानिस एकै स्थानमा अर्थात् क्वारेन्टाइनमा समेत बसेका छैनन्, गाउँघर घुमी रहेका हुन्छन् ।
माईजोगमाई–१ का मदन भण्डारी भन्नुहुन्छ– ‘घर आउनेलाई नआइज भन्न सकिँदैन तर यिनकै कारण गाउँ असुरक्षित बनेको छ’ ।
इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको क्षेत्र पर्छ । रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका सीमा जोडिएका क्षेत्रबाट भारतमा काम गर्ने नेपाली र भारतीय नागरिकसमेत इलामका गाउँबस्तीमा आश्रय लिन आइरहेका छन् ।
पशुपतिनगर, जौबारीमा प्रहरीले निगरानी गरे पनिपातलो गाउँभएका कारण अन्य स्थानबाट सीमापार गरेर छिर्न त्यसरी आउनेलाई सजिलो हुने गरेको छ ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले भारतबाट आउने व्यक्तिको निगरानी बढाइएको र सीमा क्षेत्रमा कडाई गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘घर आउनेलाई रोक्न सकिन्न मानवीय संवेदना बुझ्नुपर्छ, आउनेले क्वारेनटाइनमा बसिदिनुपर्छ ।’

एक सातायता इलाममा विदेशबाट इलाम भित्रिनेको सङ्ख्या २६० भन्दा पुगेको बताइन्छ । इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले सीमा क्षेत्रबाट आउनेलाई रोक्न पहल भइरहेको जानकारी दिँदै जिल्लामा सञ्चालन भएका क्वारेनटाइनमा आएर १४ दिन बसिदिन अनुरोधसमेत गर्नुभयो ।

स्थानीयतहको सक्रियता
कोरोना भाइरस सङ्क्रमण बढ्ने र बढाउने विदेशबाट आउनेबाट नै भएकाले बाहिरबाट आउनेको तथ्याङ्क लिनथालिएको छ ।  इलामका १० स्थानीयतहले वडामा रहेका जनप्रतिनिधिको माध्यमबाट तथ्यांक लिइरहेका छन् । सबैभन्दा बढी रोङ गाउँपालिकामा ८२ जना विदेशबाट आएको तथ्याङ्क छ । अन्यनगर गाउँपालिकाले तथ्याङ्कलिने काम गरिरहेको जनाएका छन् । साथै सबै स्थानीयतहले आआफ्नो
क्षेत्रमा कोरोना सङ्क्रमित र विदेशबाट आएकालाई राख्नका लागि क्वारेनटाइन निर्माण गरेका छन् । स्थानीय स्वास्थ्य संस्था र विद्यालयमा निर्माण गरिएका क्वारेनटाइन दक्षचिकित्सक र उपकरणविहीन छन् । स्वास्थ्यकर्मीले आफनो सुरक्षाका लागि प्रयोग गर्ने पीपीई, माक्स, पन्जाआदि  छैनन्् भने कोरानो परीक्षण गर्ने कुनै उपाय छैन ।

इनपामा कोरोना नागरिक सुरक्षा कोषः
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि(इलामनगरपालिकाले ‘कोरोना नागरिक सुरक्षा कोष’ स्थापना गरेको छ । नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोकथामतथा नियन्त्रणका लागि कोष स्थापनागरि खर्चको व्यवस्थापन १० लाख रुपियाँ रकमजम्मा गरेको हो ।
नगरपालिकाले तत्काल १० लाख रुपियाँ रकमजम्मा गरी खर्चको व्यवस्थापनगर्ने प्रशासकीयअधिकृत रामकुमार शाहले जानकारी दिनु भयो । आवश्यक परेमाथप रकमजम्मागरिने जनाइएको छ । इलामनगरपालिका स्थापना गरेको कोषमाइलामनगरपालिकाकाजनप्रतिनिधिहरुको १ महिनाको सुविधा बराबरको रकमतत्कालजम्मागर्ने जनाएका छन् । कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलामनगरपालिकाकाकर्मचारी, शिक्षक, इलामनगरपालिकाकाविभिन्न संघसंस्थातथाव्यक्तिहरुलाई आव्हान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्