मास्क भित्रको पुरुष – सुजाता निङलेकु

मास्क भित्रको पुरुष – सुजाता निङलेकु

- सुजाता निङलेकु

साउन महिना । स्वभावैले पनि वर्षातको समय, प्रकृती नै रुझेको जस्तो भान हुन्थ्यो । हिलाम्मे बाटो, त्यहि भएर पनि धेरै जसो मेरो दैनिकी घरैमा पुस्तक पढ्दै तीन वर्षकी भदैनीसँग खेल्दै वित्थ्यो । तर
कहिलेकाहीँ समय मिलाएर मेरो बुहारीसँग अस्पताल जाने गर्थिए । त्यो बेला मेरी बुहारी खाँदबारी जिल्ला अस्पतालमा कार्यरत थिईन । हुन त मेरा लागि स्वास्थ्य क्षेत्र रुचीको विषय नभए पनि समय व्यतित गर्न म अस्पताल कहिलेकाँही पुग्ने गर्थिए । जब अस्पताल भित्र प्रवेश गर्थिए, त्यहाँको दृष्यले यतिकै भावुक बनाउथियो । कोही पिडाले छट्पटीमा परेका हुन्थे त, कोही औषधीले लटिएर कति दिन निन्द्रा नपुगेर अस्पतालको शैयामा निर्धक्क निदाएका हुन्थे ।
सबै दृश्य हेर्दा कुनै रङ्गमन्चमा नाटक हेरेको अनुभुती हुन्थ्यो । तर त्यो सम्पुर्ण घटना दुई घण्टाको नाटक थिएन, यथार्थ जीवन भोगाई थियो । अस्पतालमा आएका सबै बिरामी उस्तै पिडाले आएका थिएन होलान् , त्यसमा दुखाई रोग फरक थिए होलान् ।

मेरी बुहारी इमर्जेन्सी वार्डमा खटिएकी थिईन । उनी आफ्नो जिम्मेवारी निभाईरहेकी थिईन् । बिरामी आउने जाने क्रम चलिनै रहेको थियो । मलाई भने फेसबुकले भुलाई रहेको थियो । उहीखेर एक जना महिला आक्रोशित भएर खबर गरे । पल्लो वार्डबाट आएको त्यो आवाज पछ्याएका स्टाफसँगै म पनि पछी लागेँ । त्यहाँ आधा उमेर पुगेका आमा कराइरहेकी थिइन् । बेडमा लगभग मेरै उमेरकी महिला सुतिरहेकी छिन् । उनी माथि थोपा सिँचाई जसरी स्लाईन चढी रहेको थियोे । बिहान देखि उस्को बुढाले मेरो जिम्मा लगाएर हिडेको आउँदैन । म बुढि कहाँ कुद्नु रु मेरो आफ्नो मान्छे पनि होइन । बिरामी कुरुवा आमा थोपा सिचाई भन्दा गतिमा बर्बराइन् । सायद उनले यति कुरा तीन थोपा स्लाइन झरि नसक्दै सकी ।
डाक्टरले बिरामीसँग सोधे,
श्रीमान् कहाँ हुनुहुन्छ ?
बाहिर जानुभाछ ।
के काम गर्नुहुन्छ ?
ट्याक्टर ड्राइभर ।
फोन नम्बर छ ?
बोलाउनुस् श्रीमान्लाई ।
बिरामी मधुरो स्वरले डाक्टरको सिधा जवाफ दिइरहेकी छिन् ।
नयाँ नम्बर छ, मलाई थाहा छैन ।
आफ्नो बुढाको पनि फोन नम्बर थाहा हुन्न ?
अलिकति रिसाए जस्तो बुझेँ डाक्टरलाई मैंले ।
म संवाद सुनिरहेकै थिएँ । कुरुवा आमाले बिरामीको डिस्चार्ज माग्दै थिइन् । तर डाक्टरले रगत जाँच नगराई घर नपठाउने भने । आमाले बोली बिसाइन् ।

बिरामीको कोठाबाट मेरी बुहारी र स्टाफ निस्के पछि म पुनः भित्र छिरेँ । तर बिरामीले मलाई देख्ने बित्तिकै सलले अनुहार ढाकिन् । उनी जस्तै अपरिचित म पनि । तर किन म देखि लुक्न खोजिन् उनी, मैंले पनि सोधिन । सायद मैंले सोधेको भए जवाफ पनि पाउने थिइन होला ।
यो बेला बिरामी कुरेकी आमाको छट्पटी बिरामीको भन्दा धेरै थियो । मैंले जानेको चाहीँ । म भित्र एक तमाशाले प्रश्नको ओहिरो लागिरहेको थियो । यस्तो अवस्थामा जतिसुकै व्यस्तता रहेपनि आफ्नी जीवन संगिनी बिरामी पर्दा याद आएन क्यार । ढुंगा जस्तै पुरुष ।
बिरामीको छट्पटी अनि कुरुवा आमाको छट्पटीले मलाई कल्पना मै भएपनि पिरोली रहेको थियो । उ आफ्नो थिएन तर पनि पिडा चाहीँ मनबाटै आधा गरिदिएँ मलाई पनि । बिरामीलाई आधा पिडा छोडेर आधा मतिरै लिएर एमर्जेन्सी क्याभिनमा फर्किएँ । ओजेटिमा आएकी बहिनीलाई सोधेँ, त्यो बिरामीको त बुढा पनि आएको रहेनछ है ? उनले मोबाईलमा नै घोप्टिएर फेसबुकमै ध्यान दिदैँ उस्को बुढा विदेशमा छ । मसँग च्याटमा कुरा हुँदैछ भनिन् । म छक्क परेँ । बिरामी भर्ना गरेर कहाँ गयो गयो भन्दै कुरुवा आमाले बर्बराएको सम्झेँ ।

म फेरि बिरामी भएतिर लागेँ । उनको श्रीमान् भनिएको मान्छे त्यतिन्जेल आइपुगेको थियो । म अर्को पटक छक्क परेँ । मैंले के भन्न वार्डमा आएँ त्यो पनि बिर्सिएँ ।
मैंले माक्स भित्र लुकेको पुरुषलाई नियाल्न थालेँ । डाक्टरले माक्स खोलेर कुरा गर्न अनुरोध गर्दा पनि खोलेनन् । बिरामीलाई एपेन्टी भएर रेफर गरियो । मलाई देखेर सल ओढेकी महिलाले साल खोले तर माक्स खोलिएन । सल खोलेका लाई पनि मैंले नियालिनँ । घोपा जाने तयारीका उनीहरु श्रीमतीको नजिक नपर्दै घोपा लागे ।
म पनि जीवन जोडिएको मान्छे । जोडिएको के भन्ने होला खै कालान्तरमा छुट्टिए पछी । श्रीमान् श्रीमतीको सम्बन्धमा प्रेम, सद्भाव, इज्जत र ममताको हिसाबकिताब कति हुन्छ भन्ने जोड घटाउ गरिसकेकी छु ।
जतिसुकै रिष, आवेश भएपनि मनमा अलिकति प्रेम चाहीँ हुन्छ । तर माक्स भित्र लुकेका उनको मन भित्र पनि माक्स लगाइएछ क्यार । माक्सवाला उनको श्रीमान् थिएनन् । श्रीमान् चाहीँ परदेशको चर्को घाममा श्रीमती छोराछोरीको भविष्यका लागि जवान बेच्दै थिए ।

मैँले आफ्नै बुहारीलाई पनि यी सत्य कुरा भन्न सकिँन । जस्ले बिरामीलाई चेकजाँच गरिरहे । कहिलेकाहीँ भलाई हुन्छ भने सत्य कुरा पनि लुकाउनु पर्छ । मैंले सबै लुकाएँ ।
उनको छट्पटीमा पसिनाको खेती गरिरहेका श्रीमान्लाई याद गरेकी गरिनन् । सायद उनको अनुहारमा अलिकति पश्चताप, थोरै प्रेमको महसुस पनि गरिएन । तर श्रीमान्को प्रतीक्षा भने पक्कै थियो ।
श्रीमान् श्रीमती कोषौं टाढा हुँदा पनि सन्चो विसन्चो थाहा हुन्छ, हाम्रो फेसबुके जमानामा । तर जब सम्बन्धमा झुठ बोल्न बाध्यता आईपर्छ त्यहा प्रेम जिउँदै मर्छ ।

भनिन्छ नि, एउटी खराब श्रीमतीले असल श्रीमानलाई खराब बाटो तर्फ लैजान्छ । एउटी असल श्रीमतीले खराब श्रीमानलाई असल बाटो तर्फ लैजान प्रेरणा दिन्छ । हरेक घरको जिम्मेवारीको ताल्चा एउटी नारीको जिम्मामा हुन्छ । घरको सारा जिम्मेवारी छोडेर सुन्दर भविष्य निर्माणका लागि परदेशिएका पुरुषले आफ्नो जीवन संगिनीबाट धोका बेहोर्नु पर्छ भने भोली प्रत्येक परदेशिएका पुरुषको नजरमा नारी जातीको अर्थ नै गलत हुनसक्छ । हुन त सबै गृहिणी यो अवस्था सम्मको नहुन सक्छन् तर एक जना बिराउने साखा पिराउने भन्ने सबैलाई लाग्छ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्