उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्ति शनिबार फरार

उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्ति शनिबार फरार

अभिमन्यु लामिछाने

उदयपुर, १६चैत । उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्ति शनिबार फरार भएका छन् । भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जना मध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा १०० डिग्री ज्वरो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट मुकलेश माधवीले जानकारी दिनुभयो । मगरातीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाले बनाएको कटारी १ बेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको आइसोलेसनमा राखिएका मगरातीलाई बिहानको खाना लिएर गएका होटल सञ्चालक हस्तबहादुर राईले आइसोलेसनमा नदेखेपछि शौचालय गएको होला भनेर आफूले खाना त्यही राखेर फर्केको जानकारी दिनुभयो । खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेको हुनसक्ने डा. माधवीको अनुमान छ । सुरुमा १०० डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामन्य हुँदै गएको पनि डा.माधवीले जानकारी दिनुभया ।

मगरातीलाई साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ। सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वरो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको छ । उनी परिवार र आफन्तकोमा समेत नगएको इलाका प्रहरी कार्यलय कटारी जनाएको छ ।भागेका मगरातीको खोजी भइरहेको कटारीका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए । प्रहरीलाई सूचना आएसंगै खोजीकार्य तीब्र पारिएको र उनको पत्तो लगाएर छाड्ने दृढता पनि प्रहरीले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्