ओखलढुंगाका स्थानीयतहहरुमा धमाधम क्वारेन्टाइन तयार गरिदै

ओखलढुंगाका स्थानीयतहहरुमा धमाधम क्वारेन्टाइन तयार गरिदै

मनोज भट्टराई
आखलढुंगा, चैत १६ गते । ओखलढुंगाका स्थानीयतहहरु धमाधम क्वारेन्टाइन तयार गर्दै छन् । बेदेशिक रोजगारबाट घर फर्केका तथा कोरोना भाईरस संक्रमणको आशंकमामा नागरीकलाई निगरानी गर्नका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको हो ।

हाल सम्म ओखलढुंगामा ८८ शैयाका क्वारेन्टाइन तयार गरीएको छ भने जिल्ला सदरमुकाम सहित ८ वटै स्थानीय तहमा ८८ शैयाको क्वारेन्टाइन बनाइएको हो । जिल्लाको मोलुङ गाउँपालिकाले १५, चिशंखुगढी गाउँपालिकाले १० र चम्पादेवीले ३० बेडको क्वारेन्टाइन तयार पारेका छन् भने जिल्ला सदरमुकाम ओखलढुंगामा २९ बेडको क्वारेन्टाइन तयार गरिएको छ जसमा ओखलढुंगा क्याम्पसमा २५ शैया र जिल्ला अस्पताल रुम्जाटारमा ४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्लाका दुई अस्पतालमा ८ बेडको आइसोलेसन समेत तयार गरिएको छ ।

जिल्लामा निर्माण गरएिका वारेन्टाईन अस्पताल बाहेक अन्यत्र सबै क्वारेन्टाइन शिक्षण संस्थामा तयागरिएको छ । अन्यत्र पूर्वाधार अभाव भएकाले बन्द शिक्षण संस्थाको पूर्वाधार प्रयोग गरिएको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनु भयो । पिपिई लगायतका सुरक्षा सामग्री खरिद गर्न सामग्री अभाव भएको उहाँको भनाई छ । क्वारेन्टाइनमा बेड तथा आवश्यक कपडा तयार गरिएपनि अन्य सुरक्षाका उपकरण मास्क, व्यक्तिगत सुरक्षा सामग्री पिपिई डिस्इन्फेक्सन स्प्रे लगायत अभाव छ ।

क्वारेन्टाइनमा हाल रुम्जाटार अस्पतालमा १ र मोलुङ गाउँपालिकाको रामपुरमा ३ गरि ४ जना राखिएको छ । अन्य स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण थाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्