रंगेली नगरपालिकाले अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने

रंगेली नगरपालिकाले अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने

चैत्र १७ साेमबार
रबिन्द्र बराल
रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवार हरु बडि मात्रामा प्रभाव परेको हुनाले उनिहरुका लागि राहत प्याकेज वितरण गर्ने तयारी गरेको मेयर दिलिप बगडियाले बताए ।

विश्व महामारी को रुपमा फैलिएको काेराेना भाईरस का कारण लकडाउन एक साताको अवधि समाप्त भए पछिल्लो पुन नेपाल सरकारबाट फेरि साता दिनकाे अवधि थप भएको हुँदा यस नगरपालिका भित्र रहेका अति विधन्न परिवार र ज्यालादारी मा काम गरी बिहान बेलुका छाक टार्न अति नै कष्टकर भएको हुनाले एक घर धुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको छ । नगरपालिकाले पहिचरणमा ४ हजार प्रतिबाेरा राहत बितरण गर्ने र अपुग भएमा पुन खरिद गरेर बितरण गरिने समेत बताए ।

सर्वदलिय बैठक ले यस रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र तिनिहरुको घर वसेको अवधिभरका दिन मा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । साथै भारतबाट आएका मजदुरहर लाई उद्योग बाट बाहिर नजाने गरी उद्योग को हाता भित्र रहि काममा लगाउन समेत निर्णय समेत गरेको छ ।

नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्था हरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा आवश्यक व्यवस्था मिलाई तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्