भारतमा कोरोनाले ३२ को मृत्यु , दार्जिलिङमा पनि एक जनाको ज्यान गयो

भारतमा कोरोनाले ३२ को मृत्यु , दार्जिलिङमा पनि एक जनाको ज्यान गयो

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३२पुगेको छ । सोमबार ५ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३२ पुगेको हो ।

सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै, सोमबार नै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् ।

पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म भारतमा १२ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्सले जनाएको छ । भारतमा साेमबार मत्रै २२७ जनामा थप काेराेना संक्रमित थपिएका छन् ।

विश्वभर भने अहिलेसम्म काेराेनाका कारण ७३ हजार ७८१ जनाकाे ज्यान गइसकेकाे छ । ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये १ लाख ६५ हजारभन्दा बढी पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ५ लाख ८१ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्