अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद झा

<span class='c1'>अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो</span> <span class='c2'>अवसर हो : सांसद झा</span>

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरेको धारणा राखेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उख्खानबारे चर्चा गरे ।

उनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको अयोध्या जनकपुरधाम सरयू कमला एक्सप्रेस रेलले माता सीता र भगवान रामलाई जोड्ने ऐतिहासिक कार्य गरेको बताएका छन् । सांसद झाले यस रेल सेवाले दुबै देशबीचको पौराणिक र एतिहासिक सम्बन्धलाई थप प्रगाढ तुल्याएको धारणा राखेका छन् । सांसद झाले अयोध्या जनकपुरधाम रेल सेवाले धनुषावासीलाई ठूलो अवसर सृजना गरेको उल्लेख गरेका छन् ।

धनुषालगायतका क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रको विकासमा यस रेल सेवाले ठूलो भूमिका निर्वाह गर्ने सांसद झाको भनाई छ । उनले दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन् । अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवाको उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार गरेका छन् । भोली(मंगलबार) विहान ९ः३० बजे सो रेल जनकपुरधाम आइपुग्ने समयतालिका छ । पहिलो पटक आउन लागेको यस रेलमा सवार ११०० यात्रुको स्वागतका निम्ति जनकपुरधाममा विशेष कार्यक्रमहरुको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्