प्रदेश नम्बर १ मा पनि एनआईसीको ग्राहक सहायता केन्द्र स्थापना

प्रदेश नम्बर १ मा पनि एनआईसीको ग्राहक सहायता केन्द्र स्थापना

यस ‘ग्राहक सहायता केन्द्र’बाट विभिन्न बैकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकहरुले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सीधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको समाधान गर्न सकिने बताइएको छ ।

जसको लागि प्रदेश १ मा रहेका ग्राहकहरुले एनआईसी बैंकको प्रदेश १ कार्यालय प्रमुख दीपक थापालाई ९८५२०४८८११ नम्बरमा सीधै सम्पर्क गरेर आफ्नो बैंकिङ्ग समस्यालाई समाधान गर्नसक्ने बताइएको छ ।

त्यस्तै, विराटनगरसहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकहरुले सीधै फोन गरी बैंकिङ्ग समस्या समाधान गर्न सक्ने जानकारी गराइएको छ ।

यसका साथै ग्राहकहरुलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्री नम्बर १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्ग ९८०१२२७७५५, एसएमएस ३४४८८ मा सीधा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । त्यस्तै, गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सीधा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डबाहकले एनआईसी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डबाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्