अमेरिकामा स्थिति भयावह : मृत्यु हुनेको संख्या तीन हजार माथि

<span class='c1'>अमेरिकामा स्थिति भयावह : मृत्यु</span> <span class='c2'>हुनेको संख्या तीन हजार माथि</span>

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ ।

जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

जसमा सबैभन्दा धेरै मृत्यु न्यूयोर्क सिटीमा भएको छ । यहाँ ९ सय १४ व्यक्तिको मृत्यु भएको छ ।

न्यूयोर्क सिटीपछि न्यूजर्सी अमेरिकाको सबैभन्दा प्रभावित इलाका हो । यहाँ अहिलेसम्म १ सय ९८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिले संसारको सबैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमित व्यक्ति छन् जसको संख्या १ लाख ६३ हजारभन्दा बढी छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सुरुवाती चरणमा अमेरिकाले यसलाई सजिलै हराउन सक्ने बताएका थिए । तर मार्च ३० मा उनले भनेका छन्, ‘अमेरिकामा यदि हामी मृत्युको आँकडालाई कम गर्न वा रोक्न सफल रह्यौं भने हामी मान्नेछौं कि हामीले निकै राम्रो काम गर्यौं ।’

यस्तै, अमेरिकी सरकारमा संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुई लाख व्यक्तिको ज्यान जानसक्ने चेतावनी दिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्