एउटा लडाकु सिपाहीलाई पनि परिवारसँग बसेर समय व्यथित गर्ने रहरहरु हुन्छ

<span class='c1'>एउटा लडाकु सिपाहीलाई पनि परिवारसँग बसेर</span> <span class='c2'>समय व्यथित गर्ने रहरहरु हुन्छ</span>

विराटनगर । आज देश कोरोना भाइरस संक्रमणका कारण संकटमा गुज्रिएको छ । मुलुक कोरोना भाइरसको महामारीसँग लडिरहेको छ ।

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । यति बेला विश्वका ११६ वटा राष्ट्रमा कोरोना भाइरस फैलिरहेको छ भने नेपालमा पनि शनिबारसम्म ५ जना कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये १ जना निको भएर घर फर्किसकेको छ । कोही आइसोलेसनमा बस्न बाध्य बनेका छन् ।

कोरोना भाइरस संक्रमणबाट बच्न विश्वका अधिकांश राष्ट्रहरुले लकडाउन घोषणा गरेको छ भने नेपालले पनि कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर मंगलबारदेखि लकडाउन घोषण गरेको छ । लकडाउन घोषण भएसँगै यति बेला स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मी आ–आफ्नो स्थानबाट जिम्मेवारी निभाइरहेका छन् ।

यहाँ एउटा स्वास्थ्यकर्मी आम जनताको स्वास्थ्य रक्षाका निमित्त लड्न युद्ध मैदानमा उत्रिन तयारी अवस्थामा रहेका छन्, भने जनताको स्वास्थ्य सुरक्षा दिन सुरक्षाकर्मीहरु तैनाथ छन् । त्यस्तै जनतालाई ताजा समाचार सम्प्रेष्ण गर्न हरदम तयारी अवस्थामा रहेका छन् संचारकर्मीहरु ।

नेपालको सन्न्दर्भमा कुरा गर्ने हो भने स्वास्थ्यकर्मीहरुका लागि भईपरीआएको खण्डमा उपयुक्त र पर्याप्त साधन छैन । कोशी अस्पतालका चिकित्सक र कर्मचारीले चैत्र १२ गते आफ्नो सुरक्षाको माग राख्दै आन्दोन नै गरेका थिए । कोरोना भाइरससँग लड्नका निमित्त, र जनताको स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मीहरु मास्क, लठिको भरमा आम जनताको घर दैलोमा पुगेर सुरक्षामा खटिरहेका छन् भने संचारकर्मी मास्क, क्यामेरा, कलम र डायरीको भरमा कार्यस्थलमा खटिएका छन् ।

यो समय चुनौती तीनै क्षेत्रलाई छ । आज मेरो सहपाठी मित्र दिपक कटुवालको फेसबुकवालमा पोष्ट गरेको सामग्रीले भावुक बनायो । कोरोना भाइरस संक्रमणसँग लड्न युद्ध मैदानमा खटिएको एक सिपाहीको व्यथा उनले पोखेका थिए । उनी नेपाल प्रहरीको नायव निरीक्षकको पदभार सम्हालदै सुनसरीको भुटाह चौकीमा कार्यरत छन् ।

उनी लेख्छन्( ‘देश लकडाउनको अवस्थामा छ भने यो देशका सिपाहीहरु देशले वेहोरी रहेको यहि महासंकटविरुद्ध युद्ध मैदानमा युद्ध लडिरहेका छन् । सिपाहीको युद्ध त्यो पनि एउटा महामारीविरुद्ध सुन्दा साच्चिकै अचम्म छ तर सत्य छ, जुन युद्धमा हार निश्चित छ त्यस्तो युद्ध होमिनु समान्य कुरा पक्कै नहोला त्यसमा पनि बिना हतियार युद्द मैदानमा लड्ने कुरा चानचुने छैन तर यतिबेला एउटा सिपाही केवल नागरीकको स्वास्थ्य रक्षाका लागि एउटा लाठि र सामान्य मास्कको भरमा कोरोना भाईरससँग लड्न निरन्ततर युद्ध मैदानमा छ ।’

‘मानिसको कमजोर मानसिकता र अटेरीपनका कारण उनीहरुकै हितका लागी आफ्नो स्वास्थ्यको कुनै ख्याल नै नगरी सारा पीडा भुलेर निरन्तर सडकमा खटिएको त्यो सिपाहीलाई सडकमा निस्किएका जनताले जिस्काइरहेको आभास हुन्छ । उनीहरुलाई लाग्दो हो कोरोना, प्रहरी र जनता लुकामारी खेलिरहेका छन’, उनी लेख्छन्– ‘कोरोनाले देख्ला भन्दै प्रहरीले जनतालाई घरभित्र खेद्न जनता कोरोनाकोपछि लागे जस्तो घर बाहिर निस्किने साँच्चै ‘लुकिडुमको खेल’ जस्तै भएको छ यो लकडाउन । युद्ध मैदानमा उत्रिएको सिपाही सडकमा उत्रिएर जनताको घर अगाडि उभिएर गुहार मागिरहेको छ ‘म तपाईको सुरक्षाका लागि तपाईको घर बाहिर उभिरहेका छु, कृपया तपाईहरु आफ्नै घर भित्र बसिदिनुहोला’

तर विडम्बना यहाँ छ गुहार मागिरहेको सिपाहीको आवाज न कसैले सुनेका छन् न कसैले बुझेका नै । त्यो समय तछाडमछाड गर्दै प्रश्न आफै उत्पन्न हुन्छ, यो के–का लागि हो रु अनि कस लागि रु आखिर यो सडकमा उभिएका सिपाहीको के स्वार्थ लुकेको छ त्यहाँ रु कि उसको परिवारको लागि हो रु तर हो एउटा सिपाहीको अन्तरआत्माभित्र स्वार्थ लुकेको छ त्यो हो देश र जनताका सुरक्षा, तर किन जनता बुझन चाहादैनन् की बुझेर पनि बुझन नचाहेका हुन् ।

भनिन्छ निदाएकालाई बिउझाउन सहज हुन्छ रे तर निदाएको नाटक गर्नेलाई बिउझाउन गाह्रो हुन्छ रे सायद यहि उखान चरितार्थ भएको हो कि रु एक पटक जनताले ह्रदयबाट नै मनन् गरिदिए, बुझिदिए हामी प्रहरी, सम्पूर्ण सुरक्षाकर्मी घर बाहिर उभिएर जनतालाई घरभित्र बस्न आग्रह गरिरहने लडाकु सिपाहीको घर,परिवार छैन होला रु

के अहोरात्र खटिएका सिपाहीलाई कोरोना भाइरस संक्रमण हुन्न होला रु सुरक्षाकार्मीलाई आफ्नै परिवारको जीवन रक्षा गने कर्तव्य पनि त होला नि तर उसलाइ कुनै प्रवाह छैन परिवारको न त आफ्नै, प्रवाह छ । छ त केवाल देश र जनताको कहिले काँही त डिउटीमा निस्कने समय आफ्ना परिवारलाई सुरक्षित भएर बस है भन्नलाई फोन गर्ने फुर्सद पनि हुँदैन तर पनि त्यो सिपाहीले जनताको घर अगाडी उभिएर घर बाहिर ननिस्किनुहोस् भन्दै सुरक्षा दिइरहेका हुन्छन् ।

भाटा कारबाही आदेश अनुसार गर्दा यहाँ कति चाँडै ट्रोल बन्छ । आज भाटा उठाएको हातले भोलि लास उठाउन नपरोस भन्ने एउटा सिपाहीको धारणा हो । सुरक्षाकर्मीको पनि मन हुन्छ, परिवार, छोराछोरी, आमाबुवा सबै हुन्छन् । एउटा लडाकु सिपाहीलाई पनि परिवारसँग बसेर समय व्यथित गर्ने रहरहरु हुन्छ ।

यहाँ दुश्मनको गाली छेक्न सकिन्छ तर कोरोना भाइरस संक्रमण विश्वका ठूला–ठूला स्वास्थ्य प्रविधि सम्पन्न भएका राष्ट्रले रोक्न सकेन हामी गोली छेके जस्तो छेक्न त सक्दैनो तर कम्तिमा आफू सतर्कता रहनु आग्रह हो । किनकि यो देशलार्इ चीनको वुहान बनाउनु छैन, इटाली, अमेरीका र स्पेनको अवस्थामा पुर्याउनु छैन ।

हामी वीर गोर्खालीको इतिहास तब जीवित रहनेछ, जब हाम्रो लडाइले कोरोना भाइरसको महामारीलाई परास्त गर्ने छ । आनुहोस् तपाई हामी मिलेर यो लडाइ लडौं, कोरोना भाइरसलाई मिलेर परास्त गरौं तपाई जनता घरभित्र सुरक्षित बस्नुहोस हामी सिपाही बाहिर युद्ध मैदानमा तपाईको घर अगाडी बस्छौ ।

यहाँ जिम्मेवारीको कुरा गरिरहँदा र जनताले अटेर गरीरहँदा कृष्णहरी बरालको शब्द रचना, सुरेश गैरेको संगीत र दिपक लिम्बुको स्वरमा रहेको गीतका केहि हरफको याद आयो ।

यहाँ देशको छ चिन्ता तिमि माया, माया भन्छौं ।

साँचै नबुझने हौ की, नबुझे जस्तै बन्छौं ।।

।।।। यहाँ देशको छ चिन्ता

माथिको गीत आजको परिस्थिति सुहाउदो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्