काठमाडौंमा लकडाउन उल्लंघन नगर्न सम्झाउँदा प्रहरीमाथि चक्कु प्रहार

काठमाडौंमा लकडाउन उल्लंघन नगर्न सम्झाउँदा प्रहरीमाथि चक्कु प्रहार

भक्तपुर सुर्यविनायक चोकमा आज बिहान प्रहरीमाथि चक्कु प्रहार भएको छ । सुर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई लकडाउनमा ननिस्कन सम्झाउँदा खाेजे । तर ती व्यक्तिले निहुँ खोजेर गुलेलीले प्रहरीमाथि नै प्रहार गरेर भागे ।

प्रहरीले लखेट्दै भुलाँचा चोकम्म पुगेपछि समाउन खोज्दा सो व्यक्तिले हवल्दारमाथि फेरि चक्कु प्रहार गरे ।

सुदीप क्षेत्री नाम गरेका उक्त व्यक्तिलाई स्थानीयको सहयोगमा प्रहरी समातेको छ । क्षेत्रीलाई गुलेली र चक्कुसहित नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त जगातीले जानाएको छ ।

गुलेली र चक्कु हान्ने क्षेत्रीकाे मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घट्नाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जगाती वृत्तले जनाएको छ । चक्कु लागेर घाइते प्रहरी हवल्दार केशरसिंह रावतको गालामा घाउ लागेको छ ।

-न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्