विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला परेन – स्वास्थ्य मन्त्रालय

विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला परेन – स्वास्थ्य मन्त्रालय

उपेश महर्जन
काठमाडौं, चैत १८ गते । विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताउनुभयो ।

भारतबाट फर्केका ५० वर्षीय एक पुरुष र भारतबाट फर्केकी चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिलाको वीर अस्पतालमा सोमबार मृत्यु भएकाे थियो । ती दुबैमा कोरोनाको आशंकामा परीक्षण फेला परेन ।

यसैगरी, दुबइबाट नेपाल आएर कीर्तिपुर हिल टाउन स्कुलमा बस्नुभएकी झापाका कल्पना लावतीको पनि कोभिड –१९ को परीक्षणमा फेला नपरेकाले उपचारपछि मगंलबार विहान पाटन अस्पतालले डिस्चार्ज गरेको छ । उहाँलाई कोरोनाका आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पतालमा आइतबार रिफर गरेको थियो ।

पत्रकार सम्मेलनमा यसअघि राजधानीमा मात्र प्रयोगशाला रहेकोमा छिमेकी देश चीनबाट पीसीआर मेसिन आइसकेकाले देशका विभिन्न पाँच स्थानमा प्रयोगशाला निर्माण हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता डा. विकास देवकोटाले नेपालमा अहिले ज्वरो आउने वित्तिकै डराउने प्रवृति देखिएको बताउनुभयो ।
चारवटा संक्रमित उपचार दुई वाटाको कन्ट्रयाक ट्रेसिन सकियो बाँकी दुई को ८० प्रतिशत सकिएको जसमा वरिपरिवारका मानिस परीवार र यात्रामा सँगै आउनेलाई लिइएको छ ।

‘फिभर आउने वित्तिकै डराउने प्रवृति देखिएको छ । यसले थप जटिलतामा जाने र विरामीको मृत्यु समेत हुनसक्छ,’ उहाँले भन्नुभयो, ज्वरो जुनसुकै रोगमा आउने भएकाले सम्बद्ध संस्थाले इमरजेन्सी सेवा दिनुहोला, सेवा बन्द गरेपछि अरु नै विरामी उपचार नपाएर मृत्युको मुखमा पुग्नसक्छ ।’

नेपालमा आएको संक्रमण अन्यत्र फैलिनसक्ने भएकाले लक डाउन गर्नुपरेको बताउनुहँदै उहाँले भन्नुभयो, जति पनि संक्रमति विरामी फेला परेको छ, ती सबै बाहिरबाट आएको हो ।’

नेपाल सरकार तीनवटा रणनीति अनुसार काम गरिरहेको बताउनुहुँदै उहाँले संक्रमितबाट परिवार र समुदायका अन्य सदस्यलाई सारेको हुनसक्ने भएकाले सबै होम क्वारेनटाइनमा बस्न आवश्यक छ, भन्नुभयो ।

कडाउन गरिसकेपछि अब क्वारेन्टाइनमा रहेका ४० हजारभन्दाको बढीको परीक्षण गर्नुपर्न भएको बताउँदै अरुलाई नसरोस् भन्नको लागि पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्