काठमाडौ बाहिर अब दैनिक एक हजारको कोरोना भाइरस जाँच हुने

काठमाडौ बाहिर अब दैनिक एक हजारको कोरोना भाइरस जाँच हुने

काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना भाइरस (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नति गर्नुपर्ने स्थानमा प्रोटेवल पीसीआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरकोलागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्य प्रदेशको लागि आइतवार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी गरेको छ । चीनबाट ल्याएको पाचओटै प्रोटेवल पीसीआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

सरकारले जाचलाई तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पीसीआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।

प्रोटेवल पीसीआरबाट परीक्षण सुरु गरेसंगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्यावलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बागमती प्रदेशमा काठमाडौ बाहिर हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार नै त्यता गइसकेको खनालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्यावलाइ स्तरोन्नति गरी सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । त्यस्तै कर्णाली प्रादेशीक अस्पताल र सुदूर पश्चिम प्रादेशीक अस्पतालमा पनि ल्याव स्तरोन्नति गर्न टोली खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्