पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोनाभाइरस नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोनाभाइरस नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा गरेका छन् ।

उनले हिमानी कोषमार्फत उक्त रकम दाखिला गर्न बुझाएको एक सन्देशमार्फत जानकारी गराएका छन् ।

“यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैर जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरुरी छ । महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवम् पत्रकारहरुप्रति आभारी छौं,” उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्