सरकारले ओम्नी समूहसँग गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द

<span class='c1'>सरकारले ओम्नी समूहसँग गरेको चिकित्सा</span> <span class='c2'>उपकरण खरिद सम्झौता रद्द</span>

काठमाडौं, चैत १९ गते । सरकारले ओम्नी समूहसँग यस अघि गरेको चिकित्सा उपकरण खरिद सम्झौता रद्द गरेको छ ।
नेपालमा कोभिड १९ को संक्रमण देखिन शुरु भए पछि सरकारले शुरु गरेका लकडाउनसँगै सो समुहसँग ती उपकरण ल्याउन सम्झौता गरेको थियो

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भएको हो ।
सो समूहले कबुल गरे अनुसारको परिमाणमा समान उपलब्ध गराउन नसकेकाले सम्झौता रद्द गरी भोलिबाट अर्को प्रक्रिया शुरु गरिने र सो समूहको धरौटी जफत गरी कालो सूचीमा राख्ने प्रक्रिया थालनी गरिने बताउनुभयो ।

उहाँले सो समूहले कबुल गरे अनुसारको दश प्रतिशत सामान पनि उपलब्ध गराउन नसकेको र उपलब्ध गराउन सक्ने अबस्था पनि नरहेकाले सम्झौता रद्द गर्नु परेको पत्रकार सम्मेलनमा स्पस्ट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्