यसरी भित्रियो जिल्ला अस्पताल खाँदवारीमा १ करोड २० लाखको सामाग्री

यसरी भित्रियो जिल्ला अस्पताल खाँदवारीमा १ करोड २० लाखको सामाग्री

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा अत्याधुनिक भेन्टिलेटर जडान गरिने भएको छ ।

मुख्यमन्त्री शेरधन राईकोे अग्रसरतामा अरुण तेश्रो निर्माण कम्पनीले संखुवासभामा रहेको जिल्ला अस्पतालको स्तर बृद्धिका लागि बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको हो । करिब १ करोड ५ लाख मूल्य पर्ने सामाग्री र नगद आज एक कार्यक्रमको बिच संखुवासभाको खाँदवारीस्थित जिल्ला अस्पताललाई उपलब्ध गराएको हो ।

अरुण तेश्रोका सिईओ अरुण दिवान, सिएफओ जितेन्द्र यादवले आधुनिक भेन्टिलेटर दुई थान, आइसियु बेडसेट ३थान, मनिटर १ थान, पल्स रिडिङ मेसिन ५ थान, हस्पिटल बेड सेट ७ थान, पिपिइ सेट १५ थान, सेक्सन मेसिन ५ थान हस्तान्तरण गरेका हुन् । करिब ८७ लाख ४४ हजार मुल्य बरावरको सामाग्री हस्तान्तरण गरिएको छ भने १८ लाख नगद चेक हस्तान्तरण गरिएको सिएफओ यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्