विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा परदेशबाट फर्किएका ३५ जनाल होम क्वारेन्टाईनमा बसेका छन् ।
उनीहरुको अबस्था सामान्य भएपछि होम क्वारेन्टाईनमा राखिएको गाउँपालिकाकी उपाध्यक्ष सरला राईले बताउनुभयो । संकास्पद ब्यक्तिलाई सरकारले निर्माण गरेको क्वारेन्टाईनमा पठाउने गरिएको र सामान्य अबस्थाका ब्यक्तिलाई कसैको सम्पर्कमा नरही होम क्वारेन्टाईनमा नै बस्न भनिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो
यसैबिच गाउँपालिकाले बिपद ब्यवथापन समितिले सर्बदलिय बैठक बोलाएर राहत बितरणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
हिजो मन्त्रालयको परिपत्र गरेपछि आज बिपद ब्यवस्थापन समितिले सर्बदलिय बैठक बोलाएर एकद्धार प्रणालीबाट राहत बितरण गर्ने निर्णय गरेको हो । पालिकाका अध्यक्षको अध्यक्षतामा बसेको सर्बदलिय समितिले पालिका स्तरिय समिति बनाएर राहतलाई प्रभावकारी बनाउन लागेको हो । वडा अध्यक्षको अध्यक्षतामा वडा स्तरमा दैनिक मजदुरी गरेर खानेको तथ्यांक संकलन गरेर पालिकालाई बुझाउने र गाउँपालिकाबाट छानविन गरेर राहत बितरण गर्ने निर्णय भएको हो । करिब ६ सय घरधुरीलाई राहत दिनुपर्ने अनुमान गरिएको भएपनि ८ सय घरधुरीलाई राहत दिनुपर्ने अबस्था आउनसक्ने अनुमान पालिकाको छ ।
तथ्यांक संकलनको क्रममा नै कतिपय दल र ब्यक्तिहरुले मेरो मान्छेको हुनै पर्छ भन्ने गरेको कारण पालिकाहरुमा राहत बितरणमा समस्या देखिने संकेत देखिएको छ । मिक्लाजुङ गाउँपलिकाले भने चार जनाको परिवारलाई १० किलो चामलको दरले राहत बाँड्ने तयारी गरेको हो ।
पालिकाले किराना पसल, तरकारी पसल आबश्यकता अनुसार खोल्न दिने निर्णय गरे अनुसारको भईरहेको छ । लकडाउनको समयमा पथरी र उर्लावारीबाट पर्यटकीय क्षेत्रमा घुम्न आउनेले समस्या पारेको मिक्लाजुङका स्थानीयको भनाई छ । धेरै घुम्न आउन थालेपछि बाँसको ढाट लगाउनु पर्नेसम्मको अबस्था आएको थियो ।