यस्तो बेला सरकारलाई मात्रै गाली गर्ने कि आफू पनि सुध्रने ? – सन्तोष आचार्य

यस्तो बेला सरकारलाई मात्रै गाली गर्ने कि आफू पनि सुध्रने ? – सन्तोष आचार्य

हिजो आज सामाजिक सन्जाल यस्ता अभिब्यक्ति अनि सरकार ‌प्रति नकारात्मक भावले‌ पोतिएका छन्‌ । तर,
सरकारलाइ‌ सहयोग गर्ने र असल नागरिकको जिम्मेवारी बहन‌ गर्ने समय अब आएको छ ।‌ हामी‌‌ जहिले‌ आफ्ना अौला सरकार तिर देखाउँछौ, तर किन हामीले बिर्सिएको त्यो २ आैला सरकार तिर तेर्स्याउदा बाकिका औलाले हामीलाइ प्रति प्रश्न गरिरहेका छन्, सरकारले त गरेन अरे, ल भन्नुस मैले/तपाइले अनि हामीले चाहि‌‌ के गर्यो ?

हो, हामीले फेसबुकमा नयाँ परिकारहरूका फोटा हाल्यौ,यहाँ सम्म भोलि खसी कट्दैछ, खाने हो भनेर, सोध्न पनि भ्याइम, त्यति कैमा कमसेकम अर्को बिपन्न छिमेकी, जो दैनिक गुजारा गरेर खाने गर्छ, लक डाउनको यो अबस्थामा त्यस्ता छिमेकीहरूलाई ‌रासन/पानीको अबस्था के छ, सोध्न भ्याइम‌‌ कि छैन्‌। त्यो १० वटा परिकार मध्ये ‌कमसेकम त्यो परिवारलाइ‌ १ दिनको छाक टार्न सक्ने गरी ब्यबस्था मिलाइ‌दिएको भए पनि उ र उसका परिवार साना केटा केटी भोकबाट बन्चित नहुनेथिए,भन्ने हेक्का भयो कि भएन ? अह,भएन, हामी ले गर्यो भने, छिमेकमा भोकले पेट कुइ-कुइ गरेको बेला १० वटा परिकारहरू ‌ट्याग गर्यो,होइन त ! हामी,‌छिमेकि भएको‌ बास्तवमा असली ब्यबहार ‌देखाइ रहेका ‌छौ र ? अनि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक भएन ।

अर्को‌ कुरा, सिहंदरवार घर-घरमा पुगोस्, भनेर हाल ३ तहको सरकार छ‌। हाल नेपालमा ७५३ वटा स्थानीय सरकार,६५५४ वडाहरु छन् ।अनि केन्द्रिय तथ्याङ्क विभागको श्रम सर्भे अनुसार नेपालमा दैनिक मजदुरी र ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार रहेको छ‌। सबै स्थानिय सिहंदरवारहरुले‌ माथीको‌ मुख नताकि‌ यस्तो अबस्थामा स्वस्फूर्त कार्यको थालनी गर्दा भयो कि भएन, जनता‌ यहि बेला तपाइँको ‌सहि नेतृत्व हेर्न पर्खिरहेको छन् । याद‌‌ राख्नुहोस् दुखत र बिपत्तिको ‌बेला नै हो‌‌ जनताले ‌हेर्ने, नेतृत्वकर्ता । अनि, हामीले झक्झकाइ रहेका छौ त‌, हाम्रो नेताहरुलाई । आफु केहि नगर्ने,अनि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक‌ भएन.....

तपाइँको‌‌ पहुँच देशको प्रधानमन्त्री र स्वास्थ्य‌मन्त्रीसग नहोला‌।‌तर, स्थानिय ‌तह‌‌ अन्तर्गतको टोल बिकास ‌समितिका अध्यक्ष, पदाधिकारी ज्युहरुलाई‌‌ हाम्रो क्षेत्रमा को-को बिपन्न ‌बर्गका हुनुहुन्छ, वहाँहरु लाइ के सहयोग ‌गर्न सकिन्छ,भनेर सोध्नु भएको छ‌।‌ त्यो पनि गर्नुभएन, अाफ्नाे अमुल्य मत दिइ बिजेता गराउनु भएको वडा अध्यक्ष ज्यू तथा प्रत्येक क्षेत्रगत वडा सदस्य ज्यूहरु लाइ‌ हाम्रो गाउँ/शहरमा हालसालै विदेशबाट कति जना अाउनु भएको छ, ? वहाँहरू लाइ क्वारेन्टाइनमा राख्ने‌ ब्यबस्था के छ ? वहाँहरूलाइ बस्न उचित ‌प्रबन्ध कस्तो छ ? गाउँमा भोलि सरकारले राहत वितरणका कार्यक्रम यदि लिएर आएमा, तपाइँ को जो साचिकै बिपन्न र राहतको पर्खाइमा छ, त्यो छिमेकीको‌ कतै नाम‌ त छुटेन, भनेर फोन मात्र घुमाउनु भएको‌ छ ? हामी हाम्रो केबल १ मिनेट त आफ्नो छिमेक र समाज रुपान्तरणमा खर्चिन सक्दैनौ । अनि फेरि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक भएन....

स्थानिय सरकार हाम्रो ‌समाजकै एक रुप हो र अभिभावक ‌पनि ।‌ हिजो बिभिन्न सामाजिक संघ सस्था मा रहेर सेवा पुर्याएको हामीले ‌आज यत्रो ठूलो ‌संकट आइपरेको ‌समयमा आफ्नो ‌ठाउमा‌‌नै बसेर प्रबिधिको उच्चतम सदुपयोग ‌गर्दै‌ सरकारलाइ सहयोग खै गरेको ।‌ हेर्नुहोस, सरकार एक्लैले केही ‌गर्न सक्दैन । खाचो छ, हाम्रो साथ -सहयोग अनि समर्थनको । हामीले बिभिन्न संघ सस्था का अध्यक्ष र‌ पदाधिकारी भएर केही गरेनौ ।‌ अनि फेरि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक ‌भएन....

दैनिक जीवनमा अत्यावश्यक रहेको सामग्री खरिदका ‌लागि‌ लकडाउन गरे पनि बाहिर निस्कनु पर्ने बाध्यात्मक अवस्था छ ।‌ मुल्य आकासिएको छ, उदाहरणका लागि सिजनमा रु १० देखि रु. १५ मा पाउने 'बन्दा' तरकारी अहिले रु.५० भएको छ । कागती रु.५ प्रति गोटा पाउने हाल रु.२५ देखि -रु.३० भएको छ । कालो‌बजारीको‌ धन्दा मौलाएको छ,साधारण आम्दानी ‌हुनेका लागि यो आफैंमा कोरोना भन्दा बढी ‌ काल छ । स्थानिय सरकार ले घुम्ती सेवा संचालन गरि प्रत्येक वडामा सहुलियत दरमा तरकारी उपलब्ध गराउन सक्दछ ।‌ जसको ‌निगरानि नगर‌ प्रहरी, स्थानिय ब्यक्तित्व हरुको सहयोग लिन सकिन्छ, । यसको अगुवाइ वडा प्रतिनिधिले गर्न सक्नुहुन्छ, यसबारेमा ‌हामीले वहाँहरूलाइ‌ बाटो नदेखाउने अनि फेरि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक भएन....

अनि, हाम्रो छिमेकमा भएका स्वास्थ्य चौकी, अस्पताल प्रबिधि मैत्रिपुर्ण छन कि छैनन‌? भोलि कुनै बिपत आइपरेको ‌खण्डमा कति वटा भेन्टिलेटर भएका अस्पताल छन् ? आफ्नो वरिपरिको जनसंख्या र छिमेकी गाउँ/ शहरको पनि बिरामी हेर्नुपरेको खण्डमा  त्यो अस्पतालले गुणस्तर सेवा दिन सक्छ कि‌ सक्दैन भन्ने ‌बारे, जनप्रतिनिधिलाइ सम्बन्धित ‌निकायमा ध्यानाकर्षण गराउनको‌‌ लागि अनुरोध गर्यो कि‌ गरेनौ ? अनि फेरि भन्छौ, सरकार तिम्रो ब्यबहार ठिक भएन....

अहिलेको संकटको ‌घडिमा प्रत्येकले आफ्नो तह र तप्काबाट राज्यलाइ सहयोग गरि यस्तो महामारीबाट जोगिनुपर्छ ‌।‌साथै, बिपन्न बर्गमा देख्न सकिने भोगमरिको अवस्था आउन नै नदिइ समुन्नत समाजको परिकल्पना ‌गर्नुपर्दछ । अनि, हामी वीर गोर्खाली, सच्चा हृदयका धनी एक सच्चा नेपाली भएको चरितार्थ हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्