आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण शुरु

आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको परीक्षण  शुरु

उपत्यकाबाहिर कोरोना भाइरस अर्थात कोविड १९ नमूना परीक्षण धमाधम सुरु भएको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछिसातवटै प्रदेशमा नमूना परीक्षण धमाधम सुरु भएको हो ।

धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले जानकारी दिनुभयो । ती सवैको रिपोर्ट नेगेटिभ आएको पनि उहाँको भनाइ छ । अन्यको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि आजबाट नमूना परीक्षण गर्ने काम हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पीसीआर मेसिन सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्