आफ्नै छोरीमाथि जबरजस्ती करणी आरोप लागेका बावुले हिरासतमै आत्महत्या गरे

आफ्नै छोरीमाथि जबरजस्ती करणी आरोप लागेका बावुले हिरासतमै आत्महत्या गरे

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेकाे आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेको रहस्य खुलेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै ती बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेकाे थियाे । साे पश्चात प्रहरीले करिब १ महिनाअघि उनलाई हिरासतमा लिएको थियो ।

श्रीमानले १६ वर्षिया छोरीलाई बलात्कार गरेको थाहा पाएकाे भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले बावुलाई प्रकाउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको बताइरहेको बेला आत्महत्या गरेको घट्ना गोप्य स्रोतले बताएको छ । घट्नालाई प्रहरीले बाहिर ल्याएको छैन ।

अहिले आरोपित बावुकाे घरपरिवारमा मानिसहरू जम्मा हुने क्रम बढेको छ । बिहान इलाका प्रहरी कार्यालय पिपराको हिरासतमै उनले पासो लगाई अमत्महत्या गरेको गोप्य स्रोतले जानकारी दिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्