कोभिड–१९ : क्वारेन्टिन र जीवनशैलीमा गर्नुपर्ने परिवर्तन

<span class='c1'>कोभिड–१९ : क्वारेन्टिन र</span> <span class='c2'>जीवनशैलीमा गर्नुपर्ने परिवर्तन</span>

केहि दिन अघि नेपाल र विश्वका सवैजसको जसो देशहरुमा कोरोना भाईरसको संक्रमण विरुद्द लकडाउन गर्ने भनिरहदा लकडाउन के होला?, भनेर जनमानसमा अन्योल थियो । कोभिड १९ले एकाईसौ शताब्दीमा महामारीको रुपमा संसारलाई नै संकटमा पारेको छ । कोभिड १९ को संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागी अहिले मानिसहहरु होम क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिन भन्ने शब्द अब सबैको मुखमा झुन्डिन थालेको छ । अहिले कोभिड १९ र संक्रामक रोगहरुबाट बच्न र बचाउन जनास्वास्थ्यको एउटा महत्वपुर्ण उपायको रुपमा लिईने क्वारेन्टिनको शुरुवात १४ औ शताब्दिमा प्लेगको नियन्त्रण गर्न ईटालीबाट शुरु भएको थियो । तर अहिले कोभिड १९ ले ईटालिलाई नै सवैभन्दा बढी पिडा दिएको छ ।

हिन्दु समाजमा गरिने कतिपय क्रियाकलापहरु जस्तैः–१३ दिनसम्म सरसफाई भै अलग्गै बसेर किरिया कर्म गर्नुपर्ने, मलामी गएर आएपछि खरानी छर्किने वा नुहाएर मात्र घर पस्नु पर्ने, मन्दिर वा धार्मिक कार्य गर्दा नुहाउने, सफा लुगा लाउनुपर्ने, भन्ने मान्यताहरु र क्वारेन्टिनले निर्देशित गर्ने कतिपय संदेश मिल्दाजुल्दा छन् । मुस्लिम, क्रिस्चियन लगायतका धर्महरुले पनि मानिस सफासुग्घर भई अनुसाशनमा रहनु पर्छ भनेका छन् ।

कतिपय धार्मिक गतिविधिहरु व्यबहारिक छैनन भन्ने बहस चलिरहदा त्यसभित्र रहेका कतिपय ब्यबथाहरु स्वास्थ्यवर्धक रहेछन भनेर सोच्नुपर्ने बेला आएको छ । अहिले चलिरहेको देशव्यापी लकडाउन र होम क्वारेन्टिनले सुझाएका उपायहरुलाई आगामि दिनमा संस्कृति र जीवनशैलीको अंश बनाउन सकिएन भने कोभिद १९ ले मानव जातिको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।
सार्स कोरोना भाईरक–२ नामक भाईरसको कारणले हुने कोभिड–१९ भन्ने रोगमा भाईरस शरीरमा प्रवेश गरेपछि १ देखि १४ दिनभित्रमा लक्षण देखापरिसक्दछ । यद्दपी यो अवधि २७ दिनसम्म पनि हुनसक्ने अमेरिकन जर्नल अफ मेडिकल एसोसियनले जनाएको छ । यो अवधि भित्र संक्रमित व्यक्तिले अर्को स्वास्थ्य व्यक्तिलाई सार्न पनि सक्दछ । संक्रमित मध्ये २० प्रतिशत व्यक्तिहरुमा मात्र रोगको लक्षण देखापर्दछ, जसमा ६० वर्ष वा सो उमेरभन्दा बढी भएका र त्यसमा पनि अन्य पुराना रोग अगाडी देखि नै भएका तथा कमजोर प्रतिरक्षा प्रणाली भएका जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई यसले असर गर्दछ । यस रोगको मृत्युदर देशअनुसार फरक–फरक देखिए पनि विश्व स्वास्थ्य संगठनले औसतमा ३.४ प्रतिशत हुने जनाएको छ ।

कोभिड–१९ का ८० प्रतिशत बिरामीहरुमा कुनै लक्षण देखिदैन । लक्षणबिहिन यी व्यक्तिहरुहरुले अन्य स्वास्थ्य व्यक्तिहरुमा संक्रमण सार्न सक्दछन । एकैचोटी हजारौ लाखौ मानिसहरुलाई प्रयोगशालामा टेस्ट गर्न तत्कालको प्रविधि बाट सम्भव र व्याबहारिक पनि हुदैन किनभने नमुना संकलन देखि नतिजा परिक्षण सम्म लाग्ने समय पनि महत्वपुर्ण छ । त्यो समयसम्म शंकास्पद्लाई क्वारेन्टिनमै राखेर पनि त्य्सलाई व्यबस्थापन गर्न सकिन्छ । कोभिड–१९ दीर्घ रुपमा लाग्ने र मृत्युभई हाल्ने रोग होइन । मानिस बाट मानिसमा तिब्र गतिमा सर्ने र तुरुन्तै महामारीको रुप लिने अनि बिरामीको चाप अत्यधिक हुन गई देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अबस्था आउने हुदाँ यसलाई ध्यान दिनुपरेको हो । सबै मानिस हरु एकैचोटी संक्रमित हुदाँ त्यसले व्यक्तिको हरेक पक्ष, देशको सामाजिक र आर्थिक पक्षमा नराम्रो असर पार्न सक्दछ ।
कोभिड–१९ को उद्गमस्थल चिनबाट धेरै टाढा पर्ने ईटाली, फ्रान्स, स्पेन र अमेरिका र पर्यटन, व्यापार आदि दृष्टिकोण बाट मानिसहरुको धेरै आवतजावत हुने सुविधा सम्पन्न र विकसित देशहरु हुन् ।ईटालीका मानिसहरुले सरकारले गरेको लकडाउनलाई गम्भीरतापुर्वक नलिएको हुनाले संक्रमण र असर त्यहा बढी भएको समाचार आईरहेका छन् । स्पेन र फ्रान्सले समयमा लकडाउन नगर्नु, अमेरीकी नेतृत्वले रोगलाई सामान्य रुपमा लिनु र विश्व स्वास्थ्य संगठनले पनि अन्तरराष्ट्रिय आवतजावतमा रोकतोक लगाउन र महामारी घोषणा गर्न ढिलो गर्नुले कोभिड–१९ नियन्त्रणका लागि समयमै जनस्वास्थ्यको उपाय लागु गर्न चुकेकै देखिन्छ ।

अरु भाईरस जस्तै कोरोना भाईरस पनि परिवर्तनशील हुन्छ । यो रोग बिरुद्द रोकथामको लागि अहिले सम्म भ्याक्सिन बनिसकेको छैन र बन्न समय लाग्छ । ठाउअनुसार यसको मृत्युदर र रोगको जटिलता पनि फरक देखिएको छ । यस भाईरसको बारेमा कतिपय जानकारीहरु अनुसन्धानको क्रममा रहेकोले पुष्टि हुन बाकी नै छ । डेलिमेल नामक पत्रिकाका अनुसार एक जापानकी महिला निको भएर घर फर्किएको केहि हप्ता पछी पुनः संक्रमित भएर आएको पाईएको थियो । यो भाईरस मानिस सम्म कसरि आईपुग्यो ? यो अब मानिसको सम्पर्कमा छ कि छैन सुनिश्चितता गर्न पनि गाह्रो छ ।
यस्तो अबस्थामा सम्पूर्ण आवतजावत ठप्पगरि सबै मानिसहरुलाई क्वारेन्टिनमा राख्ने विधि नै अहिलेसम्मको उत्तम उपाय हो भन्ने पुष्टि भईसकेको छ। तर यसको पूर्ण पालना गर्नु जरुरी हुन्छ । लकडाउन र होम क्वारेन्टिन निश्चित अवधिसम्म मात्र गर्न सकिन्छ, जबसम्म नयाँ संक्रमित छैनन भन्ने सुनिश्चित हुन्छ । साबुन पानीले हात धुने, नियमित सरसफाई गर्ने, मास्क कल्चरको विकास गर्ने, स्कुल तथा सार्वजानिक निकायहरुमा हप्ताको एकदिन सेल्फ क्लिनिंग क्याम्पियन गर्ने, फाहोरमैलाको स्वस्थ्य बिसर्जन गर्ने, सार्बजानिक स्थलमा सामाजिक दुरीको कायम गर्ने, सकेसम्म घरमै बनेको खानेकुरा मात्र खान, नियाित व्यायाम जस्ता कुराहरुलाई नीतिगत रुपमा पुनरावोलानक गरी दिगो बनाउन सकियो भने भविष्यमा हुने यस्ता प्रकारका महामारीको संकटबाट सजिलै बच्न सकिन्छ ।

नविन लामिछाने
उप–प्राध्यापक (जनस्वास्थ्य), पूर्वाञ्चल बिश्बबिद्यालय गोठगाउं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्