लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ ।
बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको र संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको जनाएको छ ।
बेलायतमा एक लाख ६२ हजार १९४ जनाको कोरोना परीक्षण गरिएकोसमेत बताइएको छ । त्यसैगरी १६ हजार ७११ जनाको कोरोना उपचार गरिएकोसमेत बताइएको छ । - बीबीसी