विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् ।
२ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थप फैलिन नदिन भारत सरकारले तीना हप्ता लामो लकडाउन गरेको छ ।