कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ । महामारीका रुपमा विश्वभर फैलिएको भाइरसका कारण अहिले ३७ हजार ६९८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

७ लाख ११ हजार ५१२ को अवस्था मध्यम रहेको छ । २ लाख ६५ हजार १७६ जनाको अवस्था सुधारोन्मुख छ । २ लाख १२ हजार १८ जना पूर्णरुपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ व्यक्तिमा यो भाइरसको संक्रमण देखिसकेको छ ।

इटलीमा १३ हजार ९१५, स्पेनमा १० हजार ३४८ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अमेरिमा ६ हजार ६२ को मृत्यु हुँदा फ्रान्समा १ हजार ३५५ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्