थाइल्यान्डमा राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा

थाइल्यान्डमा राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा

थाइल्यान्ड । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले शुक्रबारदेखि लागु हुने गरी राष्ट्रव्यापी अनिश्चिकालीन कर्फ्यु घोषणा गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लाग उनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत शुक्रबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

उनले भने, "कर्फ्यु शुक्रबारदेखि सुरु हुन्छ । सम्पूर्ण थाइल्यान्डबासीहरुले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको क्षेत्रबाट बाहिर नजान आग्रह गर्दछु ।"

प्रधानमन्त्री प्रयुतले आवश्यक सेवाहरु र आपतकालीन अवस्था, चिकित्सकीय, वित्तिय, आवश्यक सामग्री ढुवानी गर्ने यातायात सेवाहरु भने सञ्‍चालन हुने बताए ।

उनले सोसल डिस्टेन्सिङको नियम कडाइका साथ लागु गर्न र गराउनसमेत आग्रह गरेका छन् ।

थाइल्यान्डमा आजसम्म एक हजार ८७५ कोरोना संक्रमित भेटिएका छने भने १५ जनाको मृत्यु भएको छ । - सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्