प्रदेश २ मा पनि काेराेना परीक्षण सुरू, दैनिक दश नमुना जाँच गरिने

प्रदेश २ मा पनि काेराेना परीक्षण सुरू, दैनिक दश नमुना जाँच गरिने

काठमाडौं, चैत २० गते ।

प्रदेश २ मा कोरोना संक्रमण परीक्षण शुरु गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको नयाँ ल्याबको प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको उपस्थितिमा शुरु गरिएको हो ।
। उक्त ल्याबको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस परीक्षण सुरु गर्ने घोषणा गर्नुभयो ।
उहाँले उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडि बढिसकेकोले छिटै नै ती सेन्टरहरु पनि संचालनमा आउने बताउनुभयो

उहाँले स्वास्थ्यकर्मीको बीमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १०० प्रतिशत र प्राविधिकको हकमा ७५ र अन्य कर्मचारी हकमा ५० प्रतिशत भत्ता बढाईएको पनि जानकारी दिनुभयो । परीक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परीक्षण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्