ताप्लेजुङमा मापदण्डको उल्लंघन : मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइयो

ताप्लेजुङमा मापदण्डको उल्लंघन : मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइयो

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो ।

सदरमुकामस्थित क्वारेन्टाईनमा राखिएका उनीहरुमा कोरोनाको कुनै लक्षणहरु नदेखिएपछि घरैमा सुरक्षित बस्न अनुरोध सहित पठाईएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उता दैलेखको एक स्थानीय तहले पनि क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घरमा पठाइदिएको छ ।महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घर पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।महाबगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । -इमेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्