चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला, मृत्यु हुनेको संख्या तीन हजार ३२२

चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला, मृत्यु हुनेको संख्या तीन हजार ३२२

बेइजिङ । चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ ।

एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ ।

चीनमा बिहीबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै कोरोना भाइरसको उद्‌गम थलो वुहानका रहेको बताइएको छ । चीनमा जम्मा कोरोना संक्रमितको संख्या ८१ हजार ६२० पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार ३२२ पुगेको छ ।

चीनमा अप्रिल १ देखि लक्षण नदेखिएका कोरोना संक्रमितको पहिचान र परीक्षण सुरु गरेको छ । जसअन्तर्गत ६० जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेको बताइएको छ । -रोयटर्स 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्