नेपालमा अहिलेसम्म १२७७ जनाको नमुना परीक्षण सम्पन्न, धरानमा ३९ परिक्षण

<span class='c1'>नेपालमा अहिलेसम्म १२७७ जनाको नमुना</span> <span class='c2'>परीक्षण सम्पन्न, धरानमा ३९ परिक्षण</span>

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

उनका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।

देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे ।

उनकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै कोरोना नमुना संकलनको दायरालाई फराकिलो बनाँउँदै धरान, पोखरा, हेटौडा, जनकपुर , सुर्खेत र धनगढीमा परीक्षण थालिएको छ ।

जसअनुसार धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा जडान भइरहेको छ ।

मन्त्रालयका अनुसार देशभर १२० जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका १५ जना र उपत्यकाबाहिर १०५ जना रहेको देवकोटाले जानकारी दिए ।

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका ९६ जना  तथा कैलाली र कञ्चनपुरका विभिन्न स्थानको क्वारेन्टाइमा रहेका ९२ जनाको नमुना संकलन गरेर परीक्षण थालिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागलुङमा भेटिएकी छैटौं कोरोना संक्रमित महिलाले भेटेका व्यक्तिहरुको खोजी तीब्र पारिएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्