सुनसरीको इनरुवाको घटना : पतिद्वारा पत्नीमाथि आगजनी ,दुई छोरी पनि घाइते

सुनसरीको इनरुवाको घटना : पतिद्वारा पत्नीमाथि आगजनी ,दुई छोरी पनि घाइते

जयकृष्ण यादव
इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ ।

पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुनेहरुमा सियालालकी पत्नी कमलाकुमारी, ८ वर्षीया छोरी प्रतिक्षा र ४ वर्षीया छोरी प्रतिमा रहेको प्रहरी नायव निरीक्षक विनुमाया बस्नेतले जानकारी दिनुभयो ।

घरायसी विवादका कारणले चैत २० गते रातिको समयमा पति सियालालले पत्नी कमलालाई शरीरमा पेट्रोल छर्केर आगजनी गरेर गम्भिर घाईते बनाईदिएको प्रत्यक्षदर्शी दिपेन्द्र उराँवले जानकारी दिनुभयो ।

घाईते कमलाको इनरुवा अस्पतालमा उपचारका लागि ल्याएकोमा उपचार सम्भव नभएकाले विराटनगर पठाइएको छ ।

घाईते छोरीहरुको इनरुवा अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र घटनालगतै पीडक सियालाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्