झापामा उपचारक्रममा फिदिमका वडाध्यक्षको मृत्यु, कारण मस्तिष्काघात

झापामा उपचारक्रममा फिदिमका वडाध्यक्षको मृत्यु, कारण मस्तिष्काघात

भद्रपुर । झापाको विर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ ।

तेत्तीस वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

बिहीबार घरमै बेहोस् भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर गएका छन् ।

तुम्बापो तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्