मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

रबिन्द्र बराल
बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् ।

माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिनेका लागि सडक निर्माणकाे काम रायमाझी /भिमेश्वर जेभी भक्तपुरले ठेक्का पाएपछि उक्त कम्पनीका ठेक्केदार राम काजि केसीले साे ठाउँमा काम गर्नका लागि ईलाम का ३ जना ,सर्लाहीका १५ जना, दाङका ८ जना, झापाका १ जना र सल्यानका १ जना गरि ३५ जना मजदुरहरुलाई ल्याएर काम गरेता पनि पछिल्लो  लकडाउनका कारण मजदुरलाई एउटै कोठामा २९ जना सम्म बस्न बाध्य रहेका छन ।

नेपाल सरकारले काेराेना संङ्क्रमणबाट बच्नका लागि ५ जना भन्दा बडि भिडभाड नगर्न आदेश दिएता पनि अहिले माेरङकाे दर्बेशामा काम गर्ने मजदुरहरु एकै स्थानमा २९ जना बस्न बाध्य रहेका छन । उनिहरुका लागि नत राम्रो बस्ने ठाउँ नै छ राम्रो खान नै छ ।

त्यहाँ रहेका एक श्रमिक बिनाेद परियारले भने ठेक्केदारलाई आफुहरुले चैत्र ८ गतेदेखि नै हामीलाई घर जान दिनुहाेस भनेर आग्रह गरेकाे भएता पनि ठेक्केदार राम काजी केसीले भने जसरी भए पनि १५ गतेसम्म घर पुर्याउने बताएता पनि २१ गतेसम्म पनि आफुहरुलाई घर नपुर्याएकाे आराेप लागएका छन ।

यता केसीसंग टेलिफाेनमा सम्पर्क गर्दा आफुले मजदुरहरुलाई घर पुर्याउनका लागि नगरपालिका देखि सिडियाे कार्यलय सम्म गएर बारम्बार सवारी पास मागरेता पनि अहिलेसम्म सिडियाे कार्यलयले पास नदिएकाे हुनाले मजदुरहरुलाई घर पठाउन नसकिएको बताए ।

अहिले सरकारले भिडभाड नगर्नु भनेर निर्देशन गरेता पनि एकै ठाउँमा मजदुरहरु बस्दा जुनसुकै समयमा समेत साे मजदुरहरुलाई समस्या आएमा ठुलाे भयावह अवस्था नआउला भन्न सकिदैन यस बिषयमा नगरपालिका वा प्रदेश सरकारकाे ध्यानाकर्षण हुन जरुरी रहेको स्थानीयहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्