कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ छ ।

८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।

२ लाख २८ हजार ४०५ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ६ रहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । स्पेनमा ११ हजार १९८ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा ७ हजार ३९२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमा पनि प्रवेश गरेको कोरोनाका कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । ५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने सबै विदेशबाट नेपाल आएका हुन् ।

संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्