चीनले कोरोना भाइरसकोबाट मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै

<span class='c1'>चीनले कोरोना भाइरसकोबाट मृत्यु भएकाको</span> <span class='c2'>सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै</span>

चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ ।

कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ ।स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइने समाचारमा जनाइएको छ ।

चीनमा हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । यसैबीच आज चीनमा क्विमिङ फेस्टिवलअन्र्तगत आफ्ना पुर्खा वा मृतक आफन्तहरुको स्मरण गर्ने गरिन्छ ।

चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्